‘वर्तमान सरकार दिन गनेर बस्दैन’ : अर्थमन्त्री पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १०, बिहिबार (३ महिना अघि)
  • ६० पटक पढिएको
‘वर्तमान सरकार दिन गनेर बस्दैन’ : अर्थमन्त्री पौडेल

माघ १०, काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार दिन गनेर नबस्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ। निराशालाई आशामा बदल्ने छ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं ।’ अर्थतन्त्र दबाबमा रहेको बताउँदै पौडेलले दबाबलाई चिर्दै अगाडि बढिरहेको बताए ।

संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको उनले बताए । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उनले आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस