अध्यादेश पास गर्ने सहमति बन्यो: गृहमन्त्री लेखक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन ३, शनिबार (२ महिना अघि)
  • ९१ पटक पढिएको
अध्यादेश पास गर्ने सहमति बन्यो:  गृहमन्त्री लेखक

फागुन ३,काठमाडौँ । सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरू सहमत भएका छौं,’ बैठकपछि गृहमन्त्री लेखकले बताए ।

उनका अनुसार बहुमत पुग्नेगरी दलहरूबीच सहमति भएको छ । उनले कस्ता कस्ता विषयमा सहमति भएको भन्नेचाहिँ खुलाएनन् ।

‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो । छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ,’ गृहमन्त्री लेखकले भने, ‘बहुमत पुग्छ । पुग्नेगरी छलफल भएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस