रोनाल्डोले जिताए पोर्चुगललाई ! मोरक्को स्तब्ध

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ६, बुधबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । विश्वकप फुटबल २०१८ अन्तरगत मोरक्कोसँगको खेलमा पोर्चुगलले १–० ले जितेको छ ।

पोर्चुगलको लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोले पोर्चुगलले पाएको कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् ।

पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए ।

इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय आफ्नो नियन्त्रण राखेर हार भोगेको थियो । पोर्चुगलसँगको हारसँगै समूह ‘बी’ रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।

पहिलो खेलमा मोरक्को इरानसँग हारेको थियो भने पोर्चुगलले स्पेनसँग ३– ३ को बराबरी खेलेको थियो । स्पेनसँगको खेलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस