नक्कली भुटानी शरणार्थी प्रकरणः बाँकी साक्षीहरुको बकपत्र गराउन आदेश

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २३, मंगलबार (७ घण्टा अघि)
  • ६६ पटक पढिएको
नक्कली भुटानी शरणार्थी प्रकरणः बाँकी साक्षीहरुको बकपत्र गराउन आदेश

वैशाख २३, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी मुद्धाका साक्षीहरुको बाँकी बकपत्र गराउने आदेश दिएको छ । न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले घटना विवरण र साक्षी बुझ्ने आदेश दिएको हो ।

बैशाख २८ गतेको मिति तोकेर सरकारी साक्षीहरुको वकपत्र गराउने आदेश भएको अदालत प्रशासनले जनाएको छ । नक्कली भुटानी शरणार्थी मुद्धामा वादी नेपाल सरकारको तर्फबाट २६ जना साक्षीको वकपत्र सकिएको छ ।

२० जना प्रतिवादीका साक्षीको पनि वकपत्र सकिएको अदालत प्रशासनले जनाएको छ । अब बाँकी सरकारी साक्षीको वकपत्र र घटना विवरण गराउने काम बैशाख २८ गतेदेखि हुने अदालत प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस