बैशाख ३०,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।
मन्त्री लेखकले एमाले र काँग्रेस बिचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्ने बताए
लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा दिइरहेको छ,’ उनले भने ।
गृहमन्त्रीले राजावादी गतिविधिबारे कडा चेतावनी दिए। ‘संविधान र वर्तमान व्यवस्था विरुद्धका कुनै पनि गतिविधि सह्य हुँदैन,’ उनले स्पष्ट पारे ।
गृहमन्त्री लेखले यो सरकारले १० महिनामा गरेका उपलब्धिहरूको प्रशंसा गर्दै, आर्थिक सूचकांकहरू हेर्न र अर्थतन्त्र तथा कानुनी क्षेत्रमा भएका प्रगतिहरूलाई मूल्यांकन गर्न आग्रह गरे ।