मखन गल्लिमा लागेको आगो नियन्त्रणमा आयो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १, बुधबार (६ घण्टा अघि)
  • ४६ पटक पढिएको
मखन गल्लिमा लागेको आगो नियन्त्रणमा आयो

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लिमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहको प्रहरीले जनाएको छ ।

मखन गल्लि सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी केहीबेर अघिबाट नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर सुरु भएको आगलागी नजिकैको रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमासमेत आगो सल्किएको थियो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस