वैशाख ३१, काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको नयाँ सूची सार्वजनिक गरेका छन् । सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम् ब्याजदर यथावत राखेका छन् ।
तीन बैंक नेपाल बैंक, एभरेस्ट बैंक र सानिमा बैंकले जेठका लागि ब्याजदर सामान्य बढाए पनि अधिकांशले यथावत राखेका छन् । तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले सामान्य घटाएका छन् ।
समग्रमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर जेठका लागि घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठमा ५.९५२ प्रतिशत हुने भएको छ ।
अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् । केही बैंकलाई भने पूँजी कोषको दबाब छ ।
जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।
व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर
बैंक ब्याजदर %, जेठ ब्याजदर %, वैशाख
नेपाल ५.४५ ५.१५
एसबीआई ५.५ ५.५
हिमालयन ५.५ ५.५
इन्भेस्टमेन्ट मेगा ५.५ ६.५
कृषि विकास ५.५१ ५.५१
सिटिजन्स ५.६५ ५.६५
लक्ष्मी सनराइज ५.७५ ५.७५
नबिल ५.७५ ५.७५
सिद्धार्थ ५.७ ५.६
कुमारी ५.९१ ५.९२
ग्लोबल आईएमई ६ ६
माछापुच्छ्रे ६ ६
राष्ट्रिय वाणिज्य ६ ६
प्रभु ६.१ ६.१
प्राइम कमर्सियल ६.२५ ६.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२५
सानिमा ६.३३ ५.९५
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
एभरेस्ट ६.६४ ६.६१