नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ९, शुक्रबार (१७ घण्टा अघि)
  • ४३ पटक पढिएको
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

जेठ ९, काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का–फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि काठमाडौँ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट हुनेछ ।

यसले आवास सरल कर्जासम्बन्धी कार्य छिटोछरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस