तीन वायुको प्रभावले देशभर आंशिक बदली

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २०, मंगलबार (३ दिन अघि)
  • ४३ पटक पढिएको
तीन वायुको प्रभावले देशभर आंशिक बदली

जेठ २०, काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका ‍थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

मौसमविद् सञ्जिव अधिकारी आज अन्य दिनको तुलनामा कम पानी पर्ने बताए । उनले आजभन्दा भोलि धेरै वर्षाको सम्भावना रहेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस