जेठ ३०, मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा आजदेखि असार ७ गतेसम्म रातिमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म राति १०:३० बजेदेखि बिहान ३ बजेसम्मको सडक बन्द हुने भएको हो ।
नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवारी बन्द हुने जानकारी दिए । उनले बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताए
नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिनेछन् भने मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शीतलबजारमा रोकिनेछन् ।