इरानमाथि इजरायलको आक्रमण, इरानी सेना प्रमुखको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (१ दिन अघि)
  • ६४ पटक पढिएको
इरानमाथि इजरायलको आक्रमण, इरानी सेना प्रमुखको मृत्यु

जेठ ३०, काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले आक्रमणको पुष्टि गर्दै प्रतिशोधात्मक आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै इजरायलमा पनि आपतकालीन अवस्था लागु गरिएको जनाएका छन् ।

आपतकालीन अवस्थाको घोषणा गर्दै काट्जले भने, इजरायलले इरानमाथि आक्रमण गरेपछि हाम्रो जनतामाथि मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ । यस्तो अवस्थामा आवश्यक क्षेत्रहरू बाहेक शैक्षिक गतिविधिहरू, भेला र कार्यस्थलहरूमा प्रतिबन्ध लगाइएको छ ।

इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् । एक इजरायली सैन्य अधिकारीका अनुुसार इरानको आणविक कार्यक्रम र अन्य सैन्य अड्डाहरू विरुद्ध आक्रमण गरिएको हो ।

इरानी सरकारी समाचार एजेन्सी नूर न्युजका अनुसार, तेहरानको उत्तर-पूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । इजरायली आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको इरानका राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले बताएका छन् ।

इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् । उनी इजरायली आक्रमणमा मारिएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् ।

इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ आणविक वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ । यसमा आणविक ऊर्जा संगठनका पूर्वप्रमुख फेरेदुन अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची छन् ।

सन् २०१० मा तेहरानको एउटा सडकमा फेरियदुन अब्बासीको ज्यान लिने प्रयास गरिएको थियो । तर, उनी त्यस समय बाँचेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस