कालीगण्डकी करिडोरमा एकतर्फी सवारी साधनको आवागमन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ९, सोमबार (६ घण्टा अघि)
  • ५८ पटक पढिएको
कालीगण्डकी करिडोरमा एकतर्फी सवारी साधनको आवागमन

असार ९, गुल्मी । पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोरमा एकतर्फी रुपमा सवारी साधनको आवागमन भएको छ । शुक्रबारदेखि कालीगण्डकी गाउँपालिका-१ गरगरे स्थित सडकमा माथिबाट निरन्तर पहिरो आएर करिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक तीन दिनपछि मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए । सडक खुलेसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।

निरन्तर ढुंगासहितको पहिरो झरिरहेकाले समयमै सडक खुलाउन समस्या भइरहेको थियो । बर्खा सुरु भएसँगै करिडोरमा चट्टानसहितको पहिरोले समस्या भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस