असार १६,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु हुँदैछ । बैठक दिउँसो एक बजेका लागि आह्वान भएको हो ।
आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको थियो ।
बैठकमा पार्टीको १०० दिने अभियानको प्रतिवेदन, भ्रातृसंस्थाको म्याद थप, र क्रियाशील सदस्यता नवीकरणबारे छलफल हुनेछ।
जनसम्पर्क समितिमा सदस्यता व्यवस्था र समसामयिक राजनीतिक विषयहरू पनि बैठकका एजेन्डामा समावेश छन्।