विधानमै नभएको कार्यक्रम गर्दै कांग्रेस ! सभापति देउवा किन दौडिदैछन् हावामा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ३०, बिहिबार (५ साल अघि)
  • ६२ पटक पढिएको
Post Thumbnail

जेठ ३०,काठमाडौँ । नेपाली कांग्रेस नुवाकोट संयुक्त कार्यक्रमको तिब्र तयारीमा छ । नेपाली कांग्रेसको पार्टी विधान विपरीत अहिले नुवाकोटको दुईवटा क्षेत्रको संयुक्त सम्मेलन हुन लागिरहेको छ । नेपाली कांग्रेसको विधानमा केन्द्रिय ,महासमिति,जिल्ला , क्षेत्र र वडा सम्मेलन हुने व्यवस्था छ तर संयुक्त सम्मेलन हुने व्यवस्था भने कतै उल्लेख गरिएको छैन । अझ रोचक त के छ भने पार्टीको विधानमा नै नभएको बिधान बिपरित रहेको उत् संयुक्त सम्मेलनको उद्घाटन अरु कोहि नभएर पार्टी सभापति शेरबहादुर देउवाले नै गर्दैछन । स्मरण होस् उनै सभापति देउवाले पटक–पटक भनिरहेका छन् , पार्टीको बिधान बिपरित कोहि गए कारवाही हुन्छ ।

नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिहं केसीसंग कुनै समन्वय नगरी सभापति शेरवहादुर देउवा सभापतिसंग बदला लिदैछन्। पछिल्लो समय विधि र विधानको सवालमा केसी सभापति देउवासंग आक्रमक छन् । उनैको नेतृत्वमा हुने विभिन्न किसिमका जिल्ला सभापतिहरुको भेलाले देउवाविरुद्धको क्याम्पियन गरेको भन्दै संस्थापन पक्ष उनि विरुद्ध लागेको बुझाई छ ।

अहिले आफ्नालाइ काखा अर्कोलाई पाखा भन्ने उखान कांग्रेसमा सुहाउँदो छ । हुन त उसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान गुटगत स्वार्थका कारण प्रभावकारी बन्न समेत सकेन । पार्टी शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मको ध्यान एक भै अघि बढ्नुपर्नेमा नभई आगामी महाधिवेशनमा केन्द्रित हुँदा पहिलो चरणको एक महिने जागरण अभियान प्रभावकारी बन्न नसकेको हो । पार्टीभन्दा पनि गुटगत स्वार्थ हाबी भएपछी स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमहरू समेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झियो ।

नुवाकोटमा हुन लागिरहेको संयुक्त सम्मेलनबारे अनलाईनकेन्द्रले जिल्ला सभापति जगदिश्वर नरसिंह केसीसंग सम्पर्क गर्दा उनले केहि बताउन चाहेनन् उसो त त्यसै विषयमा सचिव शिव दाहालसंग पनि प्रतिक्रिया माग्दा फोन उठाएनन् भने आफुले निमन्त्रणा पाएको मात्र बताए । जेठ ३२ गते शनिबार हुने क्षेत्र नम्बर १ र २ को संयुक्त क्षेत्रीय सम्मेलनलाइ पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम भएको आयोजकको पत्रमा उल्लेख गरिएको छ ।
दुई वटा क्षेत्रको सम्मेलन कारणबस एकै ठाउँमा एकैचोटि गर्नुपर्ने भएमा जिल्ला समितिमा छलफल गर्नुपर्ने हुन्छ।

तर जिल्ला समितिमा भने यस बिषयमा कुनै आधिकारिक छलफल समेत भएको छैन । संयुक्त सम्मेलन हुन लाग्दा कांग्रेसका जिल्ला तहका नेताहरु नै अहिले आश्चर्य चकित भएका छन् ।

पार्टी सभापति देउवाको सचिवालयले क्षेत्रीय सम्मेलन नभई सभापति आमसभामा जाने भनेको छ । पार्टी विधानमा दुई वटा क्षेत्रको संयुक्त सम्मेलन हुन सक्ने भन्ने नभएकाले सभापतिलाई आमसभा भनेर बोलाइएको हो । तर आयोजकले बाँडेको पत्रमा भने संयुक्त क्षेत्रीय सम्मेलन भनिएको छ । यदि संयुक्त रुपमा सम्मेलन गर्नुपर्ने अवस्था आए जिल्ला समितिसँग समन्वय गर्नुपर्ने हुन्छ । तर यहाँ भने त्यसो भएको छैन र विधानविपरीत कार्यक्रम हुदैछ भने उद्घाटन पार्टी सभापतिले नै गर्नेछन्।

आफ्नै नेतृत्वमा जारी भएको संविधान अनुसार पार्टीको सांगठनिक संरचना बदल्दै कांग्रेसले विधान संशोधन गरेको थियो । तर उसले नयाँ संविधान अनुसार प्रदेशदेखि तल्लो तहसम्मका कार्यसमिति र निकायहरूलाई मात्र होइन, पार्टीका विभाग समेत अझै गठन गर्न सकेको छैन ।

आठ तहको सांगठनिक संरचना बनाएको कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला, प्रदेश स्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्र स्तरीय कार्यसमिति, गाउँ–नगर समिति, वडा तह र बुथको व्यवस्था विधानमा छ । तर १४ औं महाधिवेशनसँगै ती संरचनाहरूलाई पूर्णता दिँदै जाने पार्टी पदाधिकारीहरूले बताउँदै आएका छन् । एक महिने अभियान समापन गरेको कांग्रेसले पुस १६ गते तीन चरणको अभियान समापन गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस