‘अस्थिरता चाहनेले खेल्न सक्छन,कम्युनिष्ट पार्टीको सरकारले सोच्ने हो कि’ : नेता पराजुली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ ३२, शनिबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

जेठ ३२,काठमाडौँ । बिद्यार्थी नेता तथा अखिलका सचिव सुदेश पराजुलीले गुठी विधेयक परिमार्जित र परिष्कृत गर्नु उचित हुनेमा जोड दिएका छन । सरोकारवालाहरुसंग छ्लफल संवादबाट नै समाधान खोज्न उनले उपाय सुझाएका हुन । अनलाईन केन्द्रसंग कुराकानी गर्दै नेता पराजुलीले गुठी काठमाडौैंका रैथाने नेवार समूदायको धर्म, संस्कृति, रीतिरिवाजका साथै मौलिकतासंग जोडिएको बताएका छन ।

सरकार हरेक क्षेत्रमा हात हाल्दै सबैतिर विवादमा परिरहेको छ नी भन्ने प्रश्नमा नेता पराजुलीले भने–’ठुलो जनता, जनमत प्राप्त कम्युनिष्ट पार्टीको सरकार हो । यसको कामकारबाही अति नै सोचेर विचार गरेर निर्णय लिनुपर्छ । दलाल माफियालाई ठिक लगाउदै अघि बढनु पर्छ यो सरकार ! तर कतिपय निर्णय गर्दा त्यसै पूरा तयारी बिना नै निर्णय गरेको देखिन्छ, यसले सरकार प्रती आलोचना सिर्जना गरेको छ ।’

उनले जात ,धर्म ,संस्कृति, सभ्यतासंग जोडिएको विषयबस्तुमा निर्णय लिनु भन्दा पहिला धेरै सोच विचार गरी अघि बढ्दा अति उत्तम हुने भन्दै अन्यथा मिलेर बसेको समाजमा कसैले भड्काउन सक्ने तर्फ सचेत हुन पराजुलीले आग्रह गरे । उनले भने– ‘गुठी विधयेकलाई अन्तिम रुप दिनुअघि गम्भीर भएर नै सोचौ, यसले दीर्घकालीन असर गर्न सक्छ । यी अति नै संवेदनशिल विषय बस्तु हुन् ।’

ताजा अपडेट

खोजी गर्नुहोस