३ सय ९० जना कांग्रेस–राजपा कार्यकर्ता नेकपामा प्रवेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ५,सुनसरी । नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका छन्। शनिबार इनरुवा ४ मा आयोजित कार्यक्रममा सबैलाई नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ ईञ्चार्ज भीम आचार्यले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

नेकपा इनरुवा नगर कमिटीका सचिव रमेश तिम्सिनाका अनुसार वडा नम्बर ४ बाट अघिल्लो स्थानीय निर्वाचनमा वडा सदस्यको उम्मेदवार समेत रहेका युवा राजेश मेहताको नेतृत्वमा मगाई सरदार, बसियादेवी मुसहर, सन्तोष चौधरी, दुर्गा माँझी, सञ्जिब उराँव लुकमान मन्सुरी, अनिल उराव, कृष्ण प्रसाई, गीता मण्डल, सीता प्रसाई, भगवती गौतम, रामाधीन मेहता, राजीव मेहतासहित २५० जना नेकपामा प्रवेश गरेका हुन्।

त्यसैगरि वडा नम्बर ८ बाट राजवती मण्डल, पल्टन शर्मा, रामचन्द्र मण्डल, ईन्द्रदेव मण्डलसहित ३७ जना प्रवेश गरेका हुन्। वडा नम्बर १ बाट सुनिल साह, नवरत्न जैन, अजोधी साह, रामानन्द पोद्दार, रमेश साह, मनोज साह, विनोद शर्मा, सुवास गुप्ता, गोपाल चौधरी, अरुणादेवी साहसहित ८२ जना नेपाली कांग्रेस परित्याग गरी र विनोद साह राजपा परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य भीम आचार्य, जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, प्रदेश सदस्य पोष्टकुमार नेपाल, शम्भुप्रसाद आचार्य, जिल्ला सदस्य रामप्रसाद मेहता, तीर्थ अधिकारी, रुद बस्नेत गोपी ढकाल लगायतले नवआगन्तुकहरुलाई स्वागत गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस