‘नेकपा र काँग्रेसबाट देश अघि बढ्दैन’ : डा भट्टराई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ १७, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १७,पोखरा । समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट देशले अग्रगमन हाँसिल गर्न नसक्ने बताएका छन् ।

सोमबार तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको गण्डकी प्रदेश समिति समायोजन घोषणा कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

‘पुराना थोत्रा भई सकेका कांग्रेस र नेकपा डबल नामका पार्टीबाट देशले अग्रगमन हाँसिल गर्न सक्दैन,’ उनले भने, ‘यो देशका नयाँ समस्या, नयाँ करिकुलम सुशासन कायम गर्नेदेखि देशलाई दिगो विकासको दिशातर्फ अघि लैजानको लागि पुराना पार्टीको काम छैन भनेर नै हामीले समाजवादी पार्टी गठन गरेका हौं ।’ आफूहरुको पार्टी एकता एकताबद्ध मात्र नभई रुपान्तरण सहितको एकता भएको उनले दाबी गरे ।

लोकतन्त्र, प्रगति, अग्रगमन, समाजवाद, संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका मान्यतामा प्रतिबद्ध सम्पूर्ण जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षमा नेतृत्व गरिे विश्व सामु नेपाललाई समुन्नत संघीय समाजवादी दिशामा लिएर जान सक्ने शक्तिको आवश्यकता रहेको उनले औंँल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस