नेपाली सेनाको नयाँ कार्गो विमान काठमाडौं ओर्लियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक १६, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १६,काठमाडौँ । नेपाली सेनाको नयाँ कार्गो विमान काठमाडौं आईपुगेको छ । इन्डोनेसियाबाट खरिद गरिएको नयाँ ट्रान्सपोर्ट विमान काठमाडौं आइपुगेको हो ।

यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ ।

दुई वर्षअघि भएको सीएन २३५–२२० विमान खरिद सम्झौता अनुरुप विमान काठमाडौं आईपुगको सेनका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

करिब ३ अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको छ । यो विामनले ५१ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ । यो विमान सैन्य तालिमहरुमा पनि उपयोग गर्ने योजना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस