राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २२, शुक्रबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कात्तिक २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गरेर सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।

ब्यांकका अनुसार कूल ९१ दिने अवधिको रु १० करोड र १८२ दिने अवधिको रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिको ट्रेजरी बिल आगामी २८ माघमा परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी ३० वैशाखमा परिपक्व हुनेछ ।

ब्यांकले यसअघि यही १८ कात्तिकमा रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस