कर छलीको आरोप : चिनियाँ कम्पनीको सँयुक्त लगानी रहेको कम्पनी बिरुद्ध मुद्दा दायर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर ६, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ६,काठमाडौँ । कर छलीको आरोपमा राजश्व अनुसन्धान बिभागले चिनियाँ कम्पनीको सँयुक्त लगानी रहेको नेपाल डोन्गुवा कन्स्ट्रक्सन ईन्जिनियरीङ कम्पनी बिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

करिब १३ करोड ३१ लाख रुपियाँ कर छलीको आरोपमा राजश्व अनुसन्धान बिभागले मुद्दा दायर गरेको हो।

कर छलिएको रकमको दोब्बर जरिवाना माग गर्दै बिभागले उक्त कम्पनीका प्रबर्द्धक बिरुदध मुद्दा दायर गरेको राजश्व अनुसन्धान बिभागले जनाएको छ।

नेपाल डोन्गुवा कन्स्ट्रक्सन कम्पनीका प्रबर्द्धकहरु चिनियाँ नागरिक याङ लिम, सी सियाङजुन, वेफ देगुई र नेपाली नागरिक सुबिन श्रेष्ठले भ्याट र आय कर छली गरेको आरोप लगाईएको छ।

उनीहरुले नक्कली बिजक जारी गर्ने, नक्कली भ्याट बिलबाट कारोवार गर्ने एवं आयकरमा समेत गलत विवरण दिएको आरोप छ।

ताजा अपडेट

खोजी गर्नुहोस