इण्डो प्यासिफिक क्षेत्रको ऊर्जामा अमेरिकी लगानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १२, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौं । अमेरिकी सरकारले इण्डो प्यासिफिक क्षेत्रमा ऊर्जा विकासका लागि लगानी बढाउँदै लगेको छ । एसियाका लागि ऊर्जाको माध्यमबाट विकास र वृद्धि(इडीजीई) कार्यक्रम अघि सारेको अमेरिकी सरकारले ऊर्जा क्षेत्रको विकासका लागि लगानी बढाउँदै लगेको हो ।

एसियाका एक अर्ब जनता अझै पनि विद्युत्को पहुँचबाट टाढा रहेकाले त्यसका लागि अमेरिकी सरकारको सहयोग नियोग यूएसआईडीले एसियाली विकास बैंकसँग सन् २०१९ को जुनमा ७ अर्ब डलर लगानीको घोषणा गरेको छ ।

एडीबीले भने एसियाको विद्युत् पूर्वाधार निर्माणका लागि लागि सन् २०३० भित्र १४.७ ट्रिलियन डलर आवश्यक रहेको अनुमान गरेको छ । वार्षिक रूपमा झण्डै एक ट्रिलियन डलर आवश्यक रहेको तथ्यांक भने द इन्टरनेसनल इनर्जी एजेन्सीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

विश्वमा हुने कुल विद्युत् खपतमध्ये ६० प्रतिशत हिस्सा ओगटेको इण्डो प्यासिफिक क्षेत्रमा लगानी बढाउँदै लगेको अमेरिकाले विशेष गरी ऊर्जा, अर्थतन्त्र र यसको सुरक्षाका लागि विशेष ध्यान दिएका यूएस डिपार्टमेण्ट अफ इनर्जीका प्रिन्सिपल केन ह््याफ्रेजको भनाइ छ ।

नेपालसहित भुटान, बंगलादेश, कम्बोडिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, फिलिपन्स, थाइल्याण्ड श्रीलंका, म्यानमार र जापानलगायतका एसियाली राष्ट्रहरूमा अमेरिकी सरकारले लगानी बढाउँदै लगेको जनाएको छ । काराेबार दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस