फाल्गुण १८, काठमाण्डौ । आज साताको पहिलो दिन आइतवार पनि काठमाण्डौमा धेरै जसो तरकारीको मुल्य सामान्य रुपमा घटेका छन । कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा उच्च स्थानमा सबै भन्दा बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५० ,लसुन ३५० ,गुन्दुक ३३० पुदिना ३२० मा किनबेच भइरहेको छ ।
त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी ९० लसुन हरियो १६० हरियो धनिया प्रतिकिलो ७० मा,किनबेच भइरहेको छ । त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ४० रुपैयाँ, रातो आलु प्रतिकिलो ६० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।
त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १४० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ, पालुगो ४० , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।