फाल्गुण २७, काठमाण्डौ । गएको डिसेम्बर अन्तिममा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको वुहानमा रातारात बनाइएको अस्पताल अहिले खाली भएको छ । संक्रमण बढ्दै गएपछि ६ दिनमा एक हजार बेडको अस्पताल बनाइएको थियो । चीनबाट अन्य देशमा पनि महामारीको रुपमा फैलिएको कोरोना अहिले चीनमा भने नियन्त्रण उन्मुख छ ।
सोमबार चीनमा १९ जनामा मात्र कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । एक महिनाअघिसम्म पनि चीनमा कोरोनाको संक्रमण दर तीव्र थियो । कोरोनाको आशंकामा उपचाररत हजारौं बिरामी घर फर्किएपछि वुहानको अस्पताल खाली भएको छ । बिरामी नभएपछि सोमबारदेखि अस्पताल बन्द गरिएको छ ।