कोरोनाबाट २ सय उत्तर कोरियाली सैनिकको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । लगभग २ सय उत्तर कोरियाली सैनिकको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ज्यान गएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ ले प्रकाशित गरेको छ । डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो ।

रिपोर्टमा १ सय ८० सैनिकले जनवरीमा कोरोना संक्रमणबाट ज्यान गुमाएको उल्लेख छ । त्यस्तै ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ । ज्यान गएका अधिकांश सैनिकहरू सिनो–उत्तर कोरिया सीमाक्षेत्रमा कार्यरत थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस