कोरोनाको महामारीसँग लड्न सरकारलाई कांग्रेसले पूर्ण सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २५, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २५,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको बेलासँगै लड्न सरकारलाई सहयोग गर्ने बताएको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।  कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग लड्न सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ ।बैठकले पीपीई, भेन्टिलेटर, परीक्षण किटलगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताए ।

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई पनि मानवीय भावनाले काम गर्न बैठकले आग्रह गरेको उनले बताए ।

कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानबिन गर्न बैठकले माग गरेको समेत प्रवक्ता शर्माले बताए ।

पीपीई, परीक्षण किट लगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्यभन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर गरिएको उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस