उपत्यकाबाट बाहिर पठाउने कुनै निर्णय भएको छैन: उपप्रधानमन्त्री पोखरेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २७, बिहिबार (५ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

चैत्र २७, काठमाडौ । कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलेे लकडाउन ( बन्दाबन्दी) मा फसेर घर जान नपाएका नागरिकलाई उपत्यकाबाट बाहिर पठाउने कुनै निर्णय नभएको बताएको छ ।   एक बिज्ञप्ति जारी गर्दै समितीले यस्तो बताएको हो ।

(भोलि र पर्सि  ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएको छ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

ताजा अपडेट

खोजी गर्नुहोस