७० करोडमा मुछिएका गोकुल बाँस्कोटाले बाँडे काभ्रेमा स्वास्थ्य सामग्री !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २९, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाण्डौ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । बाँस्कोटाले १३ स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन्। एक सय ९५ थान पिपीइ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, दुई सय ५० मिलीटिलरको दुई सय २९ स्यानिटाइजर तथा चार हजार सर्जिकल मास्क उपलब्ध गराएको नेकपाका जिल्ला सदस्य जेनिस लामाले बताए ।
उनकाअनुसार जिल्लाका स्वास्थ्य संस्थामा पिपीइको निकै अभाव थियो। बाँस्कोटाले यसअघि छ स्थानीय तहका लागि ९८० स्यानिटाइजर र ८५० सर्जिकल मास्क उपलब्ध गराएका थिए । बाँस्कोटाले पठाएका सामग्री राष्ट्रिय युवा संघ र अनेरास्ववियु काभ्रेपलाञ्चोकले स्थानीय तहका जनप्रतिनिधिलाई क्रमशः उपलब्ध गराइरहेका छन् । ‘हामी दोस्रो चरणमा स्थानीय तहको आवश्यकतानुसार स्वास्थ्य सामग्री हस्तान्तरण गरिरहेका छौँ’ अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने ।उनकाअनुसार पाँच स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण भइसकेका छन् । अन्य स्वास्थ्य सामग्रीभन्दा स्वास्थ्यकर्मीका लागि हाल पिपीइ महत्वपूर्ण रहेकाले प्राप्त पिपीइले निकै ठूलो मद्दत पुगेको धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताए ।

‘अब स्वास्थ्यकर्मी निर्धक्क उपचारमा लाग्नेछन्, बाँस्कोटाप्रति आभारी छु‘ उनले भने । धुलिखेल नपामा ७५ पिपीइ, ७५ स्यानिटाइजर र ७०० मास्क वितरण भएको छ । पूर्वमन्त्री बाँस्कोटाले हाल आफूसँग उपलब्ध भएको स्वास्थ्य सामग्री राहतको दोस्रो चरणअन्तर्गत वितरण गरिएको बताए ।
‘पहिला स्वास्थ्य सामग्री त्यसपछि जिल्लामा आवश्यकतानुसार चरणबद्ध राहत उपलब्ध गराउँछु, कोरोना सङ्क्रमणको जोखिम अन्त्य नभएसम्म राहतको क्रम निरन्तर चलिरहन्छ‘ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस