लकडाउनको समयावधी पुनः थपिने प्रधानमन्त्री ओलीको संकेत !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

वैशख ८, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनको समयावधी लम्बिने संकेत गरेका छन् । प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समितिले आइतबार गरेको विशेष अन्तवार्तामा लकडाउन परिस्थिति हेरेर लम्बिन सक्ने संकेत गरेका छन् ।
कोरोना भाइरस आज विश्वमै मानव जातिले भोगेको गम्भीर प्रतिकूलता हो भन्दै उनले भयावह महामारीका कारण नेपालमा खाल्डोमा लाशमाथि लाश पुरिएको हेर्न नचाहेको उनले बताए ।
अन्तरवार्ताका क्रममा ओलीले भनेका छन, लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ । हामीले भाइरसले भयावहको स्थिति नलिओस् भन्ने हो ।’ ओलीले सरकारले लकडाउन गरेको छ भन्ने विषय होइन, जतना जोगाउन गरिएको विषय हो । यो यहाँ मात्र होइन विश्वमै लागू भइरहेको छ । विश्वका कतिपय मुलुकका जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्षति भएको छ । महामारीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन’ पनि भनेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्–‘मान्छे नै नरहेन स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ । भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन । हामीले सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ । सङ्क्रमितलाई विदेशबाट छिर्न दिने अवसर सिर्जना हुन दिँदैनौँ ।’

लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘हामी भारतको सङ्क्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ । सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ । यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनबाट बच्ने हो’ उनले भने, ‘ नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ । यसबाट कसैको ज्यान नजाओस् र बिरामीले राम्रोसँग उपचार पाओस् भनेर पहलहरु गरेका छौँ । लकडाउन पनि त्यसैको उपज हो ।’

यद्यपी, कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएकाले लकडाउन लम्ब्याउने वा अन्य विकल्प रोज्ने भन्नेबारे बहस भइरहेको छ । ग्रोप्य स्रोतका अनुसार बैशाख १५ सम्म रहेको लकडाउन बैशाख २२ सम्म पुर्‍याउने गरी छलफल भइरहेको छ । भारतमा लकडाउन लम्बिए नेपालमा पनि लम्बिने अनुमान गरिएको छ ।

नेपालमा अहिलेसम्म २९ हजार ५६७ वटा कोरोना भाईरसको परीक्षण गरिएको छ । देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा र १०३ जना एकान्तवासमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकामा चार जना निको भएका छन् । ईमेजखबरबाट

ताजा अपडेट

खोजी गर्नुहोस