राजपा नेपाल स्थापना दिवस भएन एकता महाधिवेशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाण्डौ । राष्ट्रिय जनतापार्टी राजपा नेपालको आइतबार चौथो स्थापना दिवस थियो । विभिन्न ६ राजनीतिक दल मिलेर ७ वैशाख २०७४ मा राजपा नेपाल घोषणा भएको हो । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ६ मधेसवादी दलबीच एकीकरण भएर राजपा नेपाल बनेको थियो । एकीकरणपश्चात अहिलेसम्म महाधिवशन भएको छैन । पार्टी विधानअनुसार राजपा नेतृत्व चक्रिया प्रणालीअनुसार प्रत्येक दुई महिनामा परिवर्तन हुने गरेको छ । आलोपालो नेतृत्व गर्दै पार्टी सञ्चालन भइरहेको हो । पार्टी अध्यक्ष मण्डल व्यवस्था छ । जसमा ती प्रत्येक ६ राजनीतिक दल अध्यक्ष सदस्य छन् । अध्यक्ष मण्डलको निर्णयको आधारमा सञ्चालन भइरहेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस