वैशाख ८, काठमाण्डौ । कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै अन्तर्राष्टिय उडानको सीमा बढाउने तयारी भइरहेको छ । सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान गर्न रोक लगाएको थियो । सरकारले बैशाख ३ गतेसम्म गर्ने भनिएको लकडाउनको अवधि १५ गतेसम्म बढाउने निर्णय गरे पनि अन्तराष्टिय उडानको समय सीमा भने बढाएको छैन । कोरोना भाइरसको संक्रमण अझै कायम रहेकाले अन्तर्राष्टिय उडाउनको सीमा बढाउने तयारी भइरहेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठन भएको उच्चस्तरीय समितिको आगामी बैठकमा उक्त विषयमा छलफल हुने तयारी भइरहेको समितिका एक सदस्यले बताए । सरकारले यसअघि बैशाख ३ गतेसम्म अन्तर्राष्टिय उडान बन्द गर्ने निर्णय गरेकोमा त्यो सीमा बढाएर बैशाख १८ गतेसम्म पुरयाएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भने यसबारेमा कुनै जानकारी नभएको बताए ।