बैशाख ८,काठमाडौँ । नेकपा सचिवालय बैठक सकिएको छ । बैठकमा अहिलेको समसामयिक राजनितिक विषयमा छलफल भएको नेकपाका एक नेताले बताए । नेताहरुले मुलुकमा देखिएको कोरोना महामारी,सरकारले गरिरहेको कामको विषयमा आ–आफ्नो धारणा राखेका छन ।
पार्टीलाई अझै बलियो बनाएर एकजुट भएर जाने निर्णय समेत भएको नेकपा स्रोतले बताएको छ ।
बैठकमा आजै सरकारले ल्याएको अध्यादेशको विषयमा छलफल भएको बताइएको छ । सचिवालय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको स्रोतले बताएको छ ।