बैशाख ९,काठमाडौँ । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दै छ ।
राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ ।