लकडाउनको मोडालिटी बन्दै, कम्तिमा १० दिन लकडाउन कडाईका साथ थपिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ४, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाण्डौ । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार शतर्क भएको छ । योसँगै कोभिड रोकथामसम्बन्धी संयन्त्रको बैठक बसेर लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश हुने भएको छ । विश्वस्त स्रोतका अनुसार अब लकडाउन झन् कडा हुने भएको छ ।

५ जेठबाट पुनः कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको स्रोतले जानकारी दिएको छ । लकडाउन लम्ब्याउने र मोडालिटीबारे संयन्त्रले सुझावहरु संकलन गरिसकेको छ । चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालय लगायतका अधिकारीहरुको राय संकलन गरेर अबको योजनाबारे थप निर्णय लिन लागिएको बुझिएको छ । कोरोना भाइरसको रोकथाममा सेना समेत परिचालन हुन थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस