अर्थमन्त्रीको स्पष्टिकरण:’सरकारी विद्यालय निजी विद्यालयलाई सुम्पन लागेको हल्ला गलत हो’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १९, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ १९,काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी विद्यालय व्यवस्थापनको जिम्मा निजीलाई दिन नखोजेको प्रष्ट पारेका छन् । बजेटमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयले गर्ने उल्लेख भएपछि चौतर्फी विरोध भइरहेको छ । यसबारेमा संसदमा जवाफ दिँदै मन्त्री खतिवडाले वास्तविकता भन्दा धेरै हल्ला भएको बताए ।

‘शिक्षा क्षेत्रमा प्रश्न उठेका छन् । माध्यामिक शिक्षा राज्यको दायीत्व हो । सरकारले निशुल्क गर्नुपर्छ, हाम्रो दायीत्व हो । तर निजी विद्यालयले सामाजिक उत्तरदायीत्व अनुसार निजी विद्यालयले सरकारलाई अनुरोध गरेको हो । सरकारले सरकारी विद्यालय निजी विद्यालयलाई सुम्पन लागेकोजस्तो हल्ला गलत हो’, मन्त्री खतिवडाले भने ।

सामाजिक उत्तरदायीत्वमार्फतको एक प्रतिशत रकम बाट निजी विद्यालयले सरकारी विद्यालयमा सहयोग गर्न चाहेकाले स्विकार गरिएको मात्रै उनको भनाई छ ।
‘निजी क्षेत्रलाई हस्तान्तरण गर्न खोजिएको विषय हुँदै होइन’, खतिवडाले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस