असार २,काठमाडौँ । राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका हुन् ।
राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलको क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोधस्वरुप १० सेकेण्ड मौनधारण गरेका हुन् ।
उनले सत्तापक्षका सांसदहरुले नै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरुलाई वर्गीकरण गरिएको र प्रतिपक्षका सांसदहरु वर्गीकरणमा पनि पर्न नसकेको भन्दै पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोधस्वरुपमा १० सेकेण्ड मौनधारण गरेका हुन् ।
आगामी वर्षको बजेटको सम्बन्धमा विपक्षीलगायत सत्तारुढ पार्टीकै नेताहरुको असन्तुष्टि रहँदै आएको छ ।