असारमा बजेट खर्चिने प्रवृत्ति गलत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ३, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले मुलुकको सामाजिक, सांस्कृतिक रूपान्तरणमा विनियोजन विधेयकका विविध पक्षमा छलफल गरेका छन् । विधेयकप्रति सांसदहरूको मिश्रित विश्लेषण छ । विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि सुझाव दिने क्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद् डा। वेदुराम भुसालले विनियोजित बजेट २०७७ ले शिक्षा क्षेत्रमा रहेका ज्वलन्त समस्या समाधानमा पर्याप्त केन्द्रित हुन नसकेको बताए ।

सांसद् रामनारायण विडारीले विकास बजेट दुरुपयोग हुन नहुने सुझाव दिए । विकास निर्माणका बजेट ठीक समयमा खर्च होस् भनेर जेठ १५ मै सङ्घीय बजेट ल्याउने व्यवस्था गरिएको स्मरण गराउँदै सांसद् विडारीले कागजमा मात्र खर्च गर्न नहुने बताए । सुरुमा खर्च गर्न नसक्ने तर आर्थिक वर्षको अन्तिममा बजेट खर्च गर्ने पुरानै प्रवृत्तिले देश विकास नहुने उनको भनाइ छ ।

अर्का सांसद् खिमलाल भट्टराईले विनियोजित बजेट भुगोललाई समेट्ने गरी आएको र महिलालाई विकाससँग जोड्नेमा ध्यान दिएको चर्चा गरे । सांसद तुलसाकुमारी दाहालले आन्तरिक मूल्याङ्कनको माध्यमबाट अस्थायी शिक्षकहरुलाई स्थायी गर्न माग गरे । सांसद हरिराम चौधरीले विनियोजन विधेयकले कैलालीको दुईवटा निर्वाचन क्षेत्रमा नौवटा मन्दिर निर्माणको बजेट राखिएको बताए । आदिवासी थारुको बसोबास रहेको कैलालीमा उनीहरूको संस्कृति जगेर्ना गर्ने खालको बजेट नपरेकोमा आपत्ति जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस