‘आफूमात्रै ठिक अरु सबै भष्ट्र भन्ने भ्रम हटाउ’ : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ४, बिहिबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार १,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा निक्कै सक्रिय भएर काम गरिरहेको बताएका छन् । जनप्रतिनिधीहरुले आफूले सकेको हिसावले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताएका हुन् । उनले आफूमात्रै ठिक अरु सबै भष्ट्र भनेर भन्न नमिल्ने बताए ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिदै प्रधानमन्त्री ओलीले भने, ‘जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन , गरेको कामको प्रशंसा छैन । तर दैनिक हिसाब किताब चाहियो भनेर हल्ला भैरहेको छ’ प्रधानमन्त्री ओलीले थपे। उनले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढिरहेको बताए । हाम्रो प्रतिरोधी क्षमता र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको दाबी गरे ।

देशलाइ परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित भएको बताउँदै राष्ट्रियसभाले सर्वसम्बत तरिकाले संविधान संशोधन पास गरेकोमा प्रधानमन्त्री आृलीले धन्यावद पनि दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस