ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ११, शुक्रबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

जेठ ११,काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरिएको बताएका छन ।

किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराएका हुन।

उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गरेका छन ।

“दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरुका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु,” ट्रम्पले पठाउनु भएको पत्रमा लेखिएको छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेपछि उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस