नेकपा फुटनै लागेको हो त ? अध्यक्ष र महासचिवले किन यस्तो संकेत गरे ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १६, आईतबार (४ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

कार्तिक १६,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका छन्। खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटघाटमा सो प्रस्ताव गरेको ब्रिफ्रिङ गरेका हुन्।

‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं।’ उनका अनुसार शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए।

खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्रीले गरेको प्रस्तावका वारेमा छलफल गरेको र पार्टी एकता कायम गराउनका लागि तिब्रताको साथ छलफल भईरहेको श्रेष्ठले जानकारी दिए।

नेकपा गम्भिर संकटमा: महासचिव पौडेल

यता पार्टीका महासचिव विष्णु पौडेलले नेकपासामु गम्भिर संकट उत्पन्न भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै महासचिव पौडेलले पार्टीसामु गम्भिर संकट उत्पन्न भएकाले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोध गरेका छन् ।

पौडेलले लेखेका छन्, ‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भिर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।’


पार्टीका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल प्रचण्डबीचको मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले यस्तो लेखेका हुन् । पौडेल अर्थमन्त्री समेत हुन् । पछिल्लो समय दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठन, कर्णाली विवाद, पर्सामा भएको हत्या प्रकरण र भारतीय गुप्तचर प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसँगको भेटवार्ताबारे मतभेद उत्पन्न भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस