प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, पुस्तक उपहार दिईन् !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ८, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेर भेटेकी हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी भएको प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए । भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो पुस्तक उपहार दिएकी थिइन् ।

नेकपाभित्र विवाद बढिरहेकै बेला यसअघि पनि राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस