हर्षबर्द्धन शृङ्गला नेपाल आउँदै, दुई दिने कार्यक्रम के-के छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ११, बिहिबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाण्डौ । भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला आज नेपाल आउँदैछन् । भारतको नयाँ दिल्लीबाट उनी विशेष विमानबाट ११ वजे नेपाल आइपुग्नेछन् । नेपालको औपचारिक भ्रमणमा आउन लागेका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउनेछन् । बिहीबारबाट नै शृङ्गलाले औपचारिक भेट वार्ता शुरु गर्नेछन् । काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामा बस्छन् । मध्यन्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाटको कार्यक्रम रहेको छ । पौडेलले आयोजना गरेको दिवाभोजमा होटल याक एण्ड यतिमा उनी सहभागी हुनेछन् ।

त्यसपछि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरी दुई देशको सम्बन्धको बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवासमै गएर भेट्न छन् । त्यस लगतै शीतल निवासमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस