परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न, वार्ता उपलब्धीमूलक भएको दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ११, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकियो । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला पनि सहभागी थिए ।

वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने, ‘छलफलको राम्रो शुरुवात भएको छ । दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको छ ।’ उनले अगाडि भने, ‘वार्ता एकदमै उपलब्धीमूलक भएको छ । वार्ताका एजेण्डाहरु एकदमै वृहत छन् । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ ।’ बैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीट मार्फत दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको उल्लेख गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस