लोककल्याणकारी नगरपालिका बन्दै धुनिबेशी ! सुबिधासम्पन्न बृद्धाश्रम निर्माण तिब्र गतिमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १२, शुक्रबार (४ साल अघि)
  • ८० पटक पढिएको
Post Thumbnail

मंसिर १२, धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर-५ मा बृद्ध तथा असहायका लागी आश्रयश्रथल निर्माणको काम जारी छ । आफन्त नभएका अशक्त, अपाङ्ता भएका ब्यक्तिहरुको लागी बिभिन्न सेवाका साथ आश्रय प्रदान गर्ने उदेश्यले भवन निर्माण भईरहेको धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताए । अपाङ्गता भएका ब्यक्ति, बृद्धहरुले खान नपाउने, अलपत्र पर्ने समस्या अब नगरमा नहुने प्रमुख आचार्यको भनाई छ । उनले भने- ‘धुनिबेशी नगरपालिकामा कुनै पनि अपाङ्ग,बृद्ध भएवापतमा खान,औषधी उपचार नपाएर आँशुका धारा खसालेर रुन नपरोस् भनेर एउटा स्वर्गीय आनन्द सहितको बृद्धाबिश्राम स्थल निर्माण गर्न लागेका हौँ ।’
उनले थपे-‘हामी के गर्दै छौ भने यो आश्रममा दैनिक स्टार्फ नर्सहरु हुन्छन्, हरेक दिन बिहान आँखा नदेख्ने बुढाबुढीहरुले छामेर औषधी खानुपर्ने, समयमै उपचार नपाउने,प्रेसर,सुगरको समयमै जाँच नहुने र यसैको कारण ढल्नुपर्ने अबस्थाबाट माथी उठाउनेगरि हामी काम गरिरहेका छौँ ।’

आश्रममा अन्य केके सुबिधाहरु हुने छन् ? कस्तो योजना बनाउनु भएको छ ? आश्रम कस्तो बन्छ ?

”बिहान उठ्नै बित्तिकै उहाँहरु उठेर स्नान गर्नुहुन्छ,त्यसपछि उहाँहरु बिहान घुम्ने चौताराहरु बनाउँछौँ । धाराहरु बनाउने छौँ, २२ ओटा धारा अहिले बन्दैछ, अनी धाराहरुमा स्नान गरिसकेपछि उहाँहरु कति हिड्नुहुन्छ ? यहाँ रहेका स्टार्फ नर्सबाट स्वकृत अनुसार हिडाईपछि मन्दिर जान सक्ने मन्दिर जानुहुन्छ नसक्ने चिया नास्ता खाएर योगा पनि गराईने ब्यबस्था हुनेछ ।
योगा पछि उहाँहरु कुराकानी गर्ने, गुम्ने, सितल छहारीमा बस्ने लगायतका कार्यहरु गर्नुहुन्छ । त्यसपछि उहाँहरुको खाना खाने समय हुन्छ, खाना खाएपछि उहाँहरुले एक, दुई घण्टा आराम गर्नुहुन्छ,सुत्नुहुन्छ, साना तिना कामहरु, बत्ति कात्ने देखि अन्य सकेको काम गर्न सक्नुहुन्छ ।
त्यसपछि चिया, नास्ताको ब्यबस्था हुन्छ, त्यसपछि औषधी खानुपर्ने भए नर्सहरुले खुवाउनुहुन्छ, त्यसपछि भजन किर्तन सुरु हुन्छ, भजन किर्तन दुई देखि तीन घण्टाजति हुनेगर्दछ । भजन किर्तनमा उहाँहरु गाउँने, नाच्ने, भजनमा रमाउने काम हुन्छ । त्यसपछि खाजा खाएपछि चौतारीहरुमा बस्ने, हल्का हिडडुल गर्नेछन् ।
बन्न लागेको आश्रममा सबै तिर्थस्थलहरु पनि हुन्छन्, मठमन्दिरहरु त्यहाँ हुन्छन्, उदाहरणको लागी हामी शिबरात्रीमा शिव मन्दिर जान्छौ, कृष्ण अष्टमीमा कृष्णको मन्दिर जान्छौँ, अरु मन्दिरहरु मुक्तिनाथ,गोरखनाथ, सबै मन्दिरहरु यहाँ बनाईने छ । त्यहि लेवलमा ठुला मुर्तिहरु त हामी बनाउन नसँकुँला साना तिना सबै मन्दिरहरु त्यहाँ हुनेछन् ।
मेरो जिवन कालमा म प्युठानको स्वर्गद्धारी गाको थिए भनेर कुरा गर्नुहुन्छ भने त्यहाँको आकृति यहाँ पनि पाउनुहुन्छ । यसरी सबै समेटेर आश्रमको निर्माणको काम भईरहेको छ ।”

 

 

ताजा अपडेट

खोजी गर्नुहोस