नेकपाको सचिवालय बैठक भोलि बस्दै,राजनीतिक प्रतिवेदनमा केन्द्रित हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १२, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि बस्दैछ । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँगको छलफल र सहमतिमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद चुलिएको छ । मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालको राजनीतिक प्रतिवेदनलाई लिएर प्रश्न उठाएका थिए ।

उनले उक्त प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका थिए । तर, दाहालले लगाएको आरोपको आफूले खण्डन र जवाफ दिने भन्दै ओलीले मंसिर ३ गतेको बैठकमा दश दिनको समय माग गरेका थिए । सोहीअनुसार नेकपा सचिवालय बैठक भोलि अपरान्ह बस्दैछ । यो बीचमा अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता त परै जाओस अहिले पानी बाराबारको अवस्था छ । नेता तथा कार्यकर्ताहरु पनि एक अर्कोमाथि जाईलागिरहेका छन् । भोलिको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच भेटवार्ता गराउनको लागि पहल भैरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस