मन्त्री ज्ञवाली भन्छन्-‘देशमा अस्थिरता चाहने केही शक्तिहरु सल्बलाएका छन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर १५, तम्घास । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने केही शक्तिहरु सल्बलाएको बताएका छन् । गृह जिल्ला गुल्मीमा रहेका मन्त्री ज्ञवालीले सत्यवती गाउँपालिकाका कार्यक्रममा राजनीतिक स्थायित्व नचाहने शक्तिले अनावश्यक हल्ला गरेको बताए । देशमा धेरै समय पछि राजनीतिक स्थायीत्व र विकास देख्न नसक्ने शक्तिहरुले सरकार परिवर्तनको हल्ला मच्चाएको भन्दै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने उनको भनाइ थियो ।

वर्तमान सरकारले जनमुखी कामहरु गर्दै आएको दाबी गर्दै उनले केका लागि सरकार परिबर्तन भन्दै प्रश्न समेत गरे । राष्ट्रियताको पक्षमा दरिलो गरी उभिदा, भ्रष्ट्राचार नियन्त्रण गर्दा, जनताको घरघरमा खानेपानीका धारा आउँदा, जनताका खरका छाना हटाई जस्तापाता लगाउँदा र जनमुखी कामहरु गर्दा सरकार परिवर्तन गर्नुपर्ने भन्दै हल्ला मच्चाउनेहरुको पछाडी नलाग्न उनले आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस