नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, प्रतिवेदनको बारेमा छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बेग्ला–बेग्लै राजनीतिक प्रतिवेदनको बारेमा छलफल सुरु भएको छ ।

पार्टी विवाद निर्णायक मोडमा पुगेपछि दुवै पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् । निकासका लागि अहिलेसम्म विकल्पबारे दुवै पक्षका नेताहरूबीच औपचारिक र अनौपचारिक संवाद नभएका कारण प्रतिवेदनमाथिको छलफलकै क्रममा नेताहरूले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस