मंसिर १६, काठमाण्डौ । नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । पौडेलको आज ६२औं जन्मदिन परेको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका छन् । उक्त अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिए ।