नेपाल-भारत सम्बन्ध सुधार, द्विपक्षीय संयन्त्रका बैठकहरु धमाधम बस्दै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । नेपाल र भारतको बिचमा द्विपक्षीय संयन्त्रका बैठकहरु धमाधम बस्न थालेका छन् । कोभिड–१९ र दुई देशको विचमा उत्पन्न सीमा विवादका कारण एक वर्षदेखि रोकिएका विभिन्न संयन्त्रका बैठकहरु तय भएका छन् । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने संयुक्त आयोगको बैठक डिसेम्बरको दोस्रो साता नयाँ दिल्लीमा बस्ने तय भइसकेको छ । यही मंसिर २५ र २६ गते नेपाल र भारतको बिचमा ऊर्जा सचिवस्तरीय जोइन्ट स्टेरिङ कमिटीको भर्जुअल बैठक तय भएको छ । त्यसैगरी डिसेम्बर महिनामा नै व्यापार, पारवहन, रेलवे, वाटरवेज लगायतका विभिन्न संयन्त्रहरुको बैठकका लागि कुराकानी भइरहेको सरकारी अधिकारीहले बताएका छन् ।

यो मात्र होेइन, सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रमा देखा परेका समस्या हल गर्ने वाउन्ड्री वर्किङ ग्रुपको बैठक पनि बस्ने तयारी भइरहेको छ । अब भारतीय विदेश सचिवको बैठकपछि भारत वार्तामा बस्न तयार भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस