BREAKING : काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले समात्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाण्डौ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।  व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पुल उद्घाटनमा विवाद हुँदा कांग्रेस र युवासंघबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा गरेको छ । बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस