बरिष्ठ नेता पौडेल लेख्छन्-‘पुलिसको डण्डाले पेलिएका मेरा शरीर हिजो भन्दा आज बढी दुख्दैछ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १८, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाण्डौ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरको दुखाई हिजो भन्दा आज बढी भएको बताएका छन् ।

गृह जिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदै गर्दा निषेधाज्ञा उलंघन गरेको भन्दै उनलाई बुधबार प्रहरीले दमौलीबाट पक्राउ गरि केही समय प्रहरी नियन्त्रणमा राखी छाडेको थियो । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।’

नेता पौडेलले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ,’ उनले भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस